
शाइनिङ्गमा मेरो अनुभव – Student Voice
जीवन एक लामो यात्रा हो, जसका हामी यात्री हौँ । जीवनरुपी यस यात्रालाई सफलीभुत तुल्याउन मैले पनि गरें चुनौतीहरुलाई सामना, अनि सजाएँ मेरो संसार त्यही शाइनिङ आवासिय माध्यामिक विद्यालयको फुलवारीमा एउटा मग्मगाउँदो फूल बनेर । कलिलो मेरो बालमस्तिष्कले चेतनाको ज्योतिलाई नियाल्न नभ्याउँदै पुगें म नौलो संसारमा जन्मदाताको न्यानो काखबाट बञ्चित हुंदै तर सौभाग्यशाली पक्कै थिए, म की मैले अति नै समझदार कर्मदातालाई पाएँ । शुरुवातमा मलाई निकै न्यास्रो लाग्थ्यो, अनि प्रत्येक कक्षाकोठाहरुलाई वेदनाका लहर सुनाउदै कोहोलो हाल्ने गर्थे म । जब चेतनाको दुईचार शब्द सञ्चित हुन लागे, मैले बुझें आफ्नो जीवनलाई अनि शुरु गरें तपस्या, आवासमा रहँदा साथीहरुसंग मिलेर पढेको, खेलेको अनि विभिन्न क्रियाकलापहरु गरेको प्रतिभा एक अविस्मरणीय सरी सजिएको छ । मेरो मनमुटुमा जुन म चाहेर पनि विर्सन सक्दिन सायद गैंडाकोटको एउटा अज्ञात स्थानमा रहेको मेरो विद्यालय म जाँदा त्यति विकसित भएको थिएन, तर समयको सफ्तारसँग कर्मठ हाम्रा प्रधानध्यापक लक्ष्मीप्रसाद दवाडी सरको लगनशीलता, शिक्षकशिक्षिकाले कर्तव्यपरायणता, अभिभावक, विद्यार्थी एवं सहयोगीताहरुको साथले नै यो विद्यालयल फल्न फुल्न सफल भयो । सामाजिक, आर्थिक, राजनैतिक कटुता एवं चुनौतिका बावजुद मेरो विद्यालय कहिल्यै ननिभ्ने ज्ञानको ज्योति झैं चम्किरहयो र प्रगतिपथमा लम्किरहयो । मलाई सम्झना आउछ ती पलहरुको जब साना–साना भाइबहिनीले गरेको क्रियाकलाप हामी लुकिलुकि हेर्दथ्यौ । मोवैज्ञानिक तवरले शिक्षण गर्ने प्यारा एवम् आदरणीय गुरुहरु मेरो प्रेरणाका स्रोत हुनुहुन्छ । आज मलाई लाग्छ त्यही विद्यालयले आज मलाई अघि बढाएको छ । यो मगजमा ज्ञानको उपदेशहरु भरेको छ । त्यसवेलासम्म म थिए केवल एउटा निर्दोष बालक, शाइनिङ्गले मेरो रक्तबाहिनी शरिरमा रक्तसंचार गराएको छ । मैले जीवनलाई नियाल्न अनि जिउन त्यही प्राङ्गणमा सिकेँ । सोचेथेँ जीवनलाई एक्लै जीउन विवश हुनेछु भनेर तर मैले त्यस आँगनीमा कँयौ सहयात्रीहरुको साथ पाएँ, हौसला र प्रेरणा पनि प्रत्येक वर्षका एस.एल.सी दिने दाजुदिदीहरुबाट मलाई गर्व लाग्थ्यो जब म सँग आवासमा बस्ने दाजुदिदीहरु विशिष्ट श्रेणी ल्याएर जीवनको यात्रामा फलामे ढोका पार गरी स्वर्ण ढोका ढक्ढक्याउन जानुहुन्थ्यो मलाई पनि आफ्नो ती दिनहरुको प्रतिक्षा थियो । अनि सङ्कल्प थियो केहि गरेर देखाउने त्यही भूमिमा सङ्घर्ष गर्दागर्दै कहिले दिनहरु बिते पत्तै भएन । आखिर आठ वर्षपछि मैले पनि एस.एल.सी परीक्षा दिएँ त्यसै पाठशालाबाट, मैले यस विद्यालयमा रहेर जीवनलाई जति बुझेँ अब म सार्थकतालाई अपनाउन चाहन्छु । मैले पाएको ज्ञानहरु सदा जीवनमा प्रयोजन गर्नेछु । विछोडमा मन रोएको थियो । कुनै बेला घरपरिवारमा रमे, आफ्नै आवासीय संसारमा तर आज बापस त्यही आइपुगेँ तर पनि म खुशी छैन । किनकी म आज त्यस विद्यालयको न्यानो काख अनि मित्रहरुको साथबाट टाढिएको छु । मेरो ८ वर्षे जीवन म सदा स्मरण गरिरहनेछु । मृत्यु पर्यन्त पनि म एक शिष्यको रुपमा त्यस विद्यालयलाई आफ्नो तर्फबाट सदा साथ दिरहनेछु । मलाई पुरा विश्वास छ मेरो प््राणप्रिय विद्यालले सदाको झैँ कयौँ बाटो बिराएका विद्यार्थीहरुलाई सहि मार्ग देखाउनेछ । अनि संसारमा आफ्नो छुट्टै नाम कमाउने छ । अपेक्षा गर्छु त्यस आँगनीमा कँयौ बिरुवाहरु रोपिउन् अनि मगमगाउँदो फूल बनी त्यस विद्यालयलाई अघि बढाइरहुन् प्रत्येक वर्ष एस.एल.सी मा नयाँ किर्तिमान खडा गर्ने मेरो विद्यालयले आफ्नो इतिहास कायम राखोस अनि सधैभरि त्यस विद्यालयको महिमा केही दिन सक्नेछु या छैन तर यस विद्यालयले मलाई धेरै ज्ञान, विवृेक अनि प्ररणा दिएको छ । त्यसैले मेरो विद्यालय मेरो निम्ति प्राणप्रिय छ ।
-ममता शर्मा