विद्यालय हिजो, आज र भोलि !

Slide-1

आदरणीय अभिभावक ज्यू ,

राष्ट्रलाई गुणस्तरीय शिक्षा विकासमा टेवा पुर्याउने उद्देश्यले वि.संंं. २०५१ साल पोैष महिनामा स्थापित यस शाइनिङ्ग आ. मा. वि. ले विभिन्न किसिमको उकाली— ओरालीहरु पारगर्दै यस अवस्थामा आइपुगेको छ । स्थापना कालको पहिलो बर्ष तोरीबारीको धुलोमा ४ कोठाको कच्ची भवनमा करीब ५० जना छात्र छात्रा लिएर अत्यन्त निम्न स्तरको भौतिक पूर्वाधार विद्यालय संचालन गर्नु परको यथार्थ उभिएको थियो । यी सबै कठोर परिस्थितिको बाबजुद पनि विद्यालय स्थापना एवं संचालनमा त ल्याइयो तर एउटा विद्यालयमा हुनुपर्ने भौतिक सुविधाहरुको अभाव भइरहेकोले पूर्वाधारहरु तयार नहुँदासम्म विद्यालयमा अध्ययनरत बालबालिकाहरुको चौतर्फी विकासमा टेवा पुग्न सक्दैन भन्ने कुरालाई हृदयंगम गरी विद्यालयमा खानेपानी शौचालय, खेलकुदका सामग्रीहरु, मनोरञ्जनका सामाग्रीहरु, क्रमशः जुटाउँदै गइयो । तर शुरुको ती असजिला परिस्थितामा समेत अभिभावकज्युहरुलाई आफ्ना बाल–बच्चाहरुको उज्जवल भविष्यको लागि यस विद्यालयलाई अत्यन्त विश्वाश गरेर विद्यालय स्थापनाको लागि प्रोत्साहित गर्नुभयो । विद्यालय संचालनको दौरानमा अत्यन्त गहकिला सुझावहरु प्रस्तुत गर्नुभयो । आफ्नो बाल–बच्चालाई यस विद्यालयमा पढ्न पठाएर सहयोग गर्नुभयो । कतिले आर्थिक र भौतिक सहयोग जुटाईदिनु भयो र हामीलाई अर्ति उपदेश दिनुभयो र हामीलाई हौसला प्रदान गर्नुभयो । उहाँहरुलाई म स–हृदय धन्यवाद टक्रयाउँछु । अभिभावकहरु, जसले हामिलाई अर्ति उपदेश दिनुभयो साथ–साथै कतिपयले ती शुरुका विषम परिस्थितिलाई यस विद्यालयले समाधान गर्न सक्दैन अतः यस संस्थालाई विश्वास गर्ने आधार के र भनेर प्रश्न चिन्ह खडा गरिदिनुभयो । त्यसले पनि हामिलाई झन् ती समस्यासँग जुध्नको लागि थप उर्जा प्राप्तभयो र विद्यालय विकासको लागि एक मिनेट पनि खेर फाल्न हुन्न भन्ने सन्देश सञ्चार गरायो । अतः  म उहाँहरु प्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

यहाँहरुको सुझाव, सल्लाह एवं सहयोगको फलस्वरुप विद्यालय शुरुवातको दर्दनाक अवस्थाबाट यहाँसम्म आउन सफल भएको छ । वि.सं. २०५१ सालमा विद्यालय स्थापना भएदेखि नै विभिन्न किसिमका आरोह–अवरोहहरु पार गर्दै, विभिन्न खुःशीका क्षणहरु र विभिन्न प्रशंसा र विभिन्न आलोचनाहरु खेप्दै, विभिन्न विश्वास र विभिन्न अविश्वासहरुका माझबाट हुर्कदै यहाँसम्म आइपुगेका छ । आफ्नो प्यारो विद्यालय प्रति अटल विश्वास राख्दै यस विद्यालयलाई नवलपरासी जिल्लाकै अत्याधुनिक एवं सुविधा सम्पन्न विद्यालय बनाउनमा यहाँहरुको योगदानको उच्च मुल्यांकनका साथ हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै यस विद्यालयले राष्ट्रिय स्तरमै गुणस्तरीयताको कसीमा पुर्याउनको लागी अहरोत्र खट्ने हाम्रा दक्ष एवं अनुभवी शिक्षक मित्रहरुको उच्च मूल्यांकन गर्दै हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
हाम्रा अभिभावक ज्यूहरुले दिनू भएको सूझावलाई मध्यनजर गर्दै बैसाख, जेष्ठमासको चरम गर्मीबाट आफ्ना प्यारा बाबुनानीलाई बचाउनका लागि विद्यालयले दुई–दुई वटा ४ तलाका पक्की भवन बनाएर पठनपाठन गराएको व्यहोरा यहाँहरुलाई विदितै छ । यसरी विद्यालयको नवनिर्मित भवनका प्रत्येक कोठाहरुमा ८/८ वटा झ्याल ढोका र भेन्टीलेसनके व्यवस्थाले गर्दा पक्कै पनि हाम्रा विद्यार्थीहरुको पढाईमा अरु बढी गुणस्तरीयता बढ्नेछ भन्ने विश्वास लिएको छु । हरेक सालको एस.एल.सी परीक्षामा जिल्ला भरीमै उत्कृष्ट रिजल्ट पस्कन सफल यस विद्यालयले जिल्ला भरी मै सर्वप्रथम कम्प्युटर विज्ञान विषयलाई एस.एल.सी परीक्षामा समावेस गराइ निरन्तरता दिदैँ आइरहेको छ ।
आफ्ना विद्यार्थीहरुको चौतर्फी विकासमा ध्यान दिने उद्देश्यले विद्यालयमा विभिन्न किसिमका खेलकुदका कार्यक्रमहरु संचालनमा गरीदै आइरहेको छ । अर्को तर्फ आफ्ना विद्यार्थीहरुमा अन्तर्निहित भावनाहरुलाई प्रस्फुटनमा ल्याउनका लागी विद्यालयले ‘वालआवाज’ विशेषांक मार्फत विभिन्न किसिमका साहित्यक लेख रचनाहरुलाई प्रकाशन गर्दै आइरहेको छ ।
विद्यार्थीहरुका अनुशासन लगायत चौतर्फी विकासमा ध्यान पुगोस भन्ने अभिप्रायले विद्यार्थीहरुका सम्पूर्ण गतिविधि निगरानीमा राख्नका लागि सबै कक्षाकोठाहरुमा C.C.T.V  जडान गरेपछि विद्यार्थीहरुको पढाइको गुणस्तरमा शुद्वि हुदै गइरहेको छ ।

नेपाल सरकारले कक्षा १२ सम्मको अवधारणा ल्याएर कक्षा १२ उत्तीर्ण नगरी कही कतै रोजगारको ढोका नखुल्ने भए बाट आफ्ना विद्यार्थीहरुलाई यस समाजमा अधुरो बनाएर छोड्नुहुन्न, कमसेकम कक्षा १२ उत्तीर्ण गराएर यस समाजका जिम्मेवार एवं सुयोग्य नागरीक विद्यालयले आफ्नो दायित्व पुरा गर्नुपर्छ भन्ने मान्यतालाई आत्मासात गर्दै विद्यालयमा यसै शैक्षिक सत्र २०६७ साल देखि नै व्यवस्थापन संकायमा कक्षा ११ को पठन पाठन कार्य संचालन गरीदै छ । साथै समाजका मागलाई मध्येनजर गर्दै आइरहेकोमा भविष्यमै स्नातक तह संचालन गर्ने प्रतिवद्वता जाहेर गर्न चाहन्छु ।
यस विद्यालय अझबढी गुणस्तरीय एवं सुविधा सम्पन्न बनाउनका लागि यहाँहरुका् अमुल्य सल्लाह र सुझावको अपेक्षा गर्दछु र त्यस्ताखाले रचानात्मक सुझावहरुलाई तत्काल कार्यान्वयनमा ल्याउने प्रतिवद्वता जाहेर गर्न चाहन्छु । अन्तमा नव वर्ष २०६७ सालको हार्दिक मंगलमय शुभकामना साथै संचालनको प्रथम वर्षमै हाम्रा मा.वि को वोड परिक्षामा ८० अंक प्राप्त्त गरी यस विद्यालयको ससक्त छाप जाहिर गरी सकेका छन् ।  अब म विद्यालयको भविष्यको कार्य योजना प्रस्तुत गर्न चाहान्छु ।

  • हालसम्म उच्च माध्यमिक तहसम्मको स्वीकृत प्राप्त गरी सँचालित यस विद्यालयलाई निकट भविष्यमा स्नातक कलेज संचालनमा ल्याउने
  • हाल संञ्चालनमा हुदै आइरहेको पुस्तकालय एंव विज्ञान प्रयोगसालालाई सुुविधासम्पन्न गराउने ।
  • विद्यालयमा नियमितरुपमा संगीत कक्षालाई संचालन एंव विशिष्टिकरण गर्दै जाने ।
  • Outdoor and  Indoor game हरुलाई उल्लेखनिय रुपमा वृद्वि गरी विद्यालयलाई साधन सम्पन्न बनाउने ।
  •  हाल विद्यालयमा लागू गरिएको अडियो भिजुवल कक्षाहरुलाई विशिष्टकरण गदै लैजाने ।
  • हाल विद्यालयमा लागु गरिएको अनिवार्य कम्प्युटर विज्ञान विषयलाई थप प्रभावकारी वनाउन प्रोजेक्टरको साहयताले  Information Technology मा प्रवेश गराउने ।
  • सम्पूर्ण विद्यार्थीहरुलाई हालै नवनिर्मित अत्याधुनिक विद्यालय भवन अध्यापन गराउने ।
  • नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयले तोकिदिएको विद्यालयको मापदण्ड पुरागरी निर्माण भएको यस क वर्गको अत्याधुनिक एंव सुविधा सम्पन्न विद्यालयलाई अरु सशक्त वनाउने ।
  • विद्यालयमा निकट भविष्यमै आकर्षक फूलवारी एवं पौडी पोखरीको व्यवस्थ गर्ने ।

लक्ष्मी प्रसाद दवाडी
प्रिन्सिपल